कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ 

काठमाडौं, २२ जेठ । नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । भन्सार विभागको पछिल्लो तथ्याङ्कले यसलाई पुष्टी गरेको छ ।  

विभागका अनुुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ विभिन्न देशबाट आयात गरेको छ । जबकी केही वर्षअघिसम्म नेपालले यी खाद्यन्न निर्यात गर्ने गथ्र्यो । 

२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा नेपालले उक्त मुल्य बराबरको धान, चामल, मकै र गहुँ आयात गरेको हो । 

सो अवधिमा विभिन्ने देशबाट नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चालम र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान भित्रिएको छ । 

सोही अवधिमा ६ अर्ब ३२ करोड ५२ लाख ९२ हजार रुपैयाँको गहुँ र १५ अर्ब ३६ करोड ९९ लाख ४१ हजार रुपैयाँ मकै नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

नेपालले पछिल्लो दश महिनामा १९ करोड १५ लाख ५७ हजार १८९ केजी गहुँ, ४२ करोड ५६ लाख २२ हजार ४०८ केजी मकै, ५२ करोड ७७ लाख ८१ हजार ८७७ केजी धान र ४९ करोड ९१ लाख २ हजार ३९१ केजी चामल आयात गरेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति