काठमाडौँ । हंगेरीलाई १–० को नतिजा सुम्पिदै युइएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ ।
शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए ३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।
हंगेरीको जितमा खेलको ६६औँ मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे ।
जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।
प्रतिक्रिया