राष्ट्रपति भण्डारी सहभागी सहित भोटो जात्रा सम्पन्न

काठमाडौं, २१ जेठ । काठमाडौं उपत्यकामा आज रातो मच्छिन्द्रनाथ (बुगंः करुणामय द्यः) भोटो जात्रा मनाइयो ।

पाटनको जाउलाखेलस्थित रातो मछेन्द्रनाथको भोटो देखाउँदै

वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आज भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थिति रहको थियो ।

रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको थियो । यसको चौँथो दिन परम्पराअनुसार जात्राको अन्तिम दिन आज भोटो देखाइएको हो ।

आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको थियो । भोटो देखाइसकेपछि करुणामयलाई पुनः बुंगमतीमै पुर्याइनेछ ।

भोटो जात्राको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको थियो ।

पाटनको जाउलाखेलस्थित रातो मछेन्द्रनाथको भोटो देखाउने तयारी गरिँदै
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board