शनिबार देशभर सार्वजनिक बिदा : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति