संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस, ‘मृत्युदण्डकाे व्यवस्था संविधानविपरीत’

काठमाडौं, २० जेठ । ससदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ । 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।

साे विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले याैन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाकाे माग भए पनि याे संविधानविपरीत हुने भएकाले मृत्युदण्डकाे कानुन बनाउन नसकिने बताए । 

यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९  ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका थिए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति