जिसस कास्की प्रमुखमा एमालेका पाैडेल निर्वाचित

पाेखरा, २० जेठ । जिल्ला समन्वय समिति कास्कीकाे प्रमुखमा एमालेका लिलाधर पाैडेल निर्वाचित भएका छन् । पाेखरा महानगर-२२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससकाे प्रमुखमा उम्मेद्वार बनाएकाे थियाे । उनले ६ भाेट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छिन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल कांग्रेस र थापा माओवादीबाट उम्मेद्वार थिइन् ।

५ पालिका रहेकाे कास्कीमा एमालेले २ पालिकाकाे प्रमुख र ४ पालिकामा उपप्रमुख जितेकाे थियाे । कांग्रेसले २ पालिकाकाे अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पाेखरा महानगरकाे प्रमुख जितेकाे हाे । 

सदस्यहरुमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी विक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित भए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति