पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संसदमा संकल्प प्रस्ताव पेस हुँदै

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावललाई एमाले सांसद् यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका छन् ।

शुक्रबारको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्यत्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ ।

‘पेट्रोलिय पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ ? भनेर प्रतिपक्ष दल एवं सबन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैरजिम्मेवार र बेमौसमी छ,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘जनताको आधारभूत आवाश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न तत्काल पेट्रोलिय पदार्थको मूल्य घटाउन स्पष्ट खाका पेस गर्न सरकारलाई झकझकाउन संसदले पहल गर्न आवाश्यक भएका’ भन्दै उक्त संकल्प प्रस्ताव पेस गरिएको हो ।

सो प्रस्तावसहित आर्थिक वर्ष २०७९/८० को राजश्व र व्यय अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति