डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा बिहानै आगलागी भएको छ ।

गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।

नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board