सिमरा विमानस्थलको दैनिक उडान सेवा समयमा कटौती

बारा । बाराको सिमरा विमानस्थलबाट यही जेठ २४ गते देखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ ।

वर्षौँ देखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मत तथा सम्भारका लागि दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ ।

विमानस्थलमा पिचिङ्ग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४ गते देखि असार १३ गते सम्म बिहान ६ बजे देखि ११ बजे सम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भुपेन्द्र भट्टले जानकारी दिए ।

भट्टका अनुसार २० दिनभित्र काम सक्ने गरी सप्तकोसी निर्माण सेवा कम्पनीले १५ करोडमा ठेक्का प्राप्त गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति