विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परिवारले बुझे

काठमाडौ, १९ जेठ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।

मृतकका परिवारले दुर्घटनामा आफ्ना मान्छे गुमाउनुको दुःख त देखिन्थ्यो नै साथमा अन्तिम पटक अनुहार हेर्न नपाउनुको दुःख सहन गर्न सकेका थिएनन् ।

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति