मातृकाकाे प्रश्न- पार्टीका अन्तर्घातीहरुलाई किन कारवाही भएन?

काठमाडौं, १९ जेठ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका यादवले पार्टीका अन्तर्घातीहरुलाई कारवाही नभएको गुनासो गरेका छन् ।

पार्टीबाट नवनिर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन आएका यादवले छानविन कमिटी गठन गरिएपनि अन्तर्घातीहरुलाई कारवाही नभएको जिकिर गरेका हुन् ।

‘मातृका कति दोषी हो/होइन? मूल्याङ्कन गर्नुपर्यो । मेरो केही कमजोरी भए सहर्ष स्वीकार गर्छु । दोषी देखिए कारवाही भोग्न तयार छु । यादवले भने, ‘छानविन गर्न कमिटी गठन गर्ने तर अन्तर्घातीहरुलाई कहिल्यै कारवाही भएन । त्यो देखाउनलाई मात्रै भयो । ’ माओवादी पार्टी जस्तै चल्नुपर्ने बताउँदै यादवले क्लबजस्तै चलाउन नहुने जिकिर गरे ।

मधेसमा माओवादीको कमिटी नहुँदा आ–आफ्नै ढंगले समेत चुनाव लड्दा ९ पालिका मात्रै जितेको उनले बताए । यादवले आफ्नो जिल्लामा कसलाई टिकट दिइने भन्ने थाहा नभएको बताए । पार्टीमा यति सम्मको वेवास्ता भएकोमा छानविन हुनुपर्ने उनको भनाई छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति