मौसम विभागले आन्तरिक उडानको ‘इनरुट’ पूर्वानुमान दिन नसक्ने

काठमाडौं, १९ जेठ । जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको हो ।

सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी भएसँगै विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएपछि अब सूचना कसले दिने भन्नेमा अन्योलता भएको बताएका छन् । प्रविधि र जनशक्तिको अभाव रहेको विभागले बताएको छ ।

विभागले यस अघि मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ । तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।

आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति