वेल्सलाई हराउँदै पोल्यान्डको विजयी सुरुवात

काठमाडौँ । वेल्सलाई २–१ अन्तरले हराउँदै बुधबारदेखि सुरु भएको युइएफए नेसन्स कपमा पोल्यान्डले विजयी सुरुवात गरेको छ ।

खेलमा ५२ औँ मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता लिएको थियो । तर, ७२औँ मिनेटमा जाकुब कामिन्सकीले गोल गर्दै पोल्यान्डलाई खेलमा फर्काएका थिए ।

यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा करोल स्विडरस्कीले निर्णायक गोल गर्दै पोल्यान्डको जित निश्चित गरे ।

जितसँगै तीन अंक जोडेको पोल्यान्ड समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा पोल्यान्ड र वेल्ससँगै बेल्जियम र नेदरल्यान्ड्स छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति