हङकङको हिन्दू मन्दिरको नाम ‘गोर्खा मन्दिर’ राख्न सिफारिस

काठमाडौ, १८ जेठ । हङकङको क्विन्स हिलस्थित षट्कोणाकार आकारको मन्दिर को सम्बन्ध नेपालसँग रहेका तथ्य आएको छ ।

उक्त हिन्दु मन्दिरको सम्बन्ध भारतसँग नभई नेपालसँग भएको तथ्य आएसँगै मन्दिरको नाम ‘गोर्खा मन्दिर’ राख्न पुरातत्वविद्ले सुझाव दिएका छन्।

इतिहास हेर्दा फान लिङमा रहेको ऐतिहासिक ग्रेड तेस्रो भवनको रक्षामा कुनै पनि भारतीय नभएसँगै पुरातत्वविदले उक्त मन्दिरको नाम गोर्खा मन्दिर राख्नुपर्ने बताएका हुन्।

मन्दिरको इतिहासबारे धेरै जानकारी उपलब्ध नभएको अवस्थामा स्वयंसेवकहरुले उक्त षट्कोणाकार भवनबारे पहिलो प्रभावकारी संरक्षण प्रतिवेदन तयार पारेका हुन्।

उनीहरुले सुरुमा यो मन्दिरको आधारमा छ वटा त्रिभुजाकार ढुङ्गा राखिएको पत्ता लगाएका थिए। जसलाई पहिला पोखरीको रुपमा प्रयोग गरेकाे बताएका छन् । शोधकर्ताका अनुसार मन्दिरको विशेष किसिमको आठकोणे डिजाइन कमलको फूलबाट प्रभावित भएर बनाइएको संरक्षण अभियन्ता कास्पर याम मिङले बताए।

किंवदन्तीअनुसार पहिला काठमाडौं ठूलो ताल थियो। एक दिन धेरै देउताहरु तालको कमल फूलसँगै बाहिर आएर काठमाडौंको विकास सुरु गरेका थिए। जसको कारण मन्दिर कमलको फूलसँग मिल्दोजुल्दो डिजाइनले निर्माण गरेको हो।

यो मन्दिर पहिला पनि नेपालीहरुले नै प्रयोग गर्ने गरेको र यससँग सम्बन्धित कथा पनि नेपालसँग जोडिएको पाइएको बताए । उक्त मन्दिरमा भारतसँगको सम्बन्ध भने नभेटिएको बताए। मन्दिरमा भेटिएको सामान्य व्याख्यामा पनि मन्दिर गोरखा इतिहाससँग जोडिएको उल्लेख छ। तर, मन्दिरको बाहिर यसलाई हिन्दू मन्दिर भनेर लेखिएको छ।

यामका अनुसार अबको दिनमा पनि यसलाई हिन्दू मन्दिर भन्ने हो भने आगामी दिनमा बुझाइ गलत हुन सक्छ। त्यसको सट्टा गोर्खा मन्दिर नाम राख्ने हो भने यसको उत्पत्तिको इतिहासको पनि सम्मान हुनेछ।

बेलायत अन्तर्गत रहँदा हङकङमा गोर्खा सैनिकहरूले लामो समय काम गरेका थिए, जसका सन्तान अहिले हङकङमा रहेका छन्। हङकङको पुरातत्व तथा स्मारक कार्यालयले पनि मन्दिरको नाम परिवर्तनको प्रक्रिया सुरु गरेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board