सबै किसानलाई राेपाँइ गर्न श्रीलंका सरकारकाे आग्रह

काठमाडौं, १८ जेठ । आर्थिक संकटले डुबाएकाे श्रीलंका सरकारले किसानहरूलाई रोपाइँ गर्न आग्रह गरेको छ ।

श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट निम्तेकाे भन्दै सबै किसानहरूलाई धान रोप्न आग्रह गरेका हुन् । ‘हामी सबै किसानलाई आग्रह गर्छौं खेतमा पस्नुहोस्, अबको १०–१५ दिन मिहनत गर्नुहोस्,’ उनले भने ।

खाद्य संकट पनि निम्तिने घोषणा गरिसकेकाे श्रीलंकाले धेरै भन्दा धेरै खाद्यान्न उत्पादन गर्न यस्ताे अपिल गरेकाे छ । श्रीलंकाले संकट समाधानका लागि भन्दै दक्षिण एशियाली खाद्य बैंकसँग पनि सहयोग मागेको छ । खाद्य बैंकले चामल तथा अन्य आवश्यक खाद्यान्न उपलब्ध गराउँने बताएकाे छ ।

आर्थिक मन्दीले पिरोलिएको श्रीलंका कोरोना महामारीका कारण थप प्रभावित भएकाे थियाे । विदेशी मुद्रा आर्जनको मुख्य श्रोत पर्यटन उद्योग महामारीको समयमा सञ्चालन भएनन् नहुँदा हाल यस्ताे अवस्था आएकाे हाे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति