चिकित्साले बढायाे एमबीबीएसकाे शुल्क

काठमाडौं, १८ जेठ । आगामी वर्षका लागि एमबीबीएसलगायत चिकित्सा शिक्षाका अन्य स्नातक तहमा शुल्क वृद्धि हुने भएकाे छ।

चिकित्सा शिक्षा आयोगको मंगलबार बसेकाे बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।

आयोगको अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाकै सहमतिमा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमको शुल्क वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा भर्ना हुने नयाँ विद्यार्थीले एमबीबीएस विषय काठमाडौं उपत्यकाभित्र पढ्न ४१ लाख ६८ हजार ८७ रूपैयाँ तिर्नुपर्ने हुन्छ। उपत्यकाबाहिरका हकमा भने एमबीबीएस पढ्न विद्यार्थीले ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने हुन्छ।

हाल एमबीबीएस पढ्न करिब ४० लाख २३ हजार रूपैयाँ थियो । यस्तै बिडीएस पढ्न २० लाख ९२ हजार दुई सय ४८ रूपैयाँ शुल्क लाग्ने भएको छ । आयोगका एक सदस्यका अनुसार चार वर्षदेखि चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको थिएन । विश्वविद्यालय र क्याम्पसहरूले १० प्रतिशत शुल्क वृद्धि गरिनुपर्ने माग राखेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति