काठमाडौँ । साविकका विजेता नोभाक जोकोभिचलाई ६–२ ,४–६,६–२,७–६ (७–४) को सेटमा पराजित गर्दै राफेल नाडाल १५औँ पटक फ्रेन्च ओपनको सेमिफाइनल प्रवेश गरेका छन् ।
कीर्तिमानी २१औँ पटकका ग्रान्ड स्लाम विजेता नाडालले सेमिफाइनलमा शुक्रबार तेस्रो वरियताका एलेक्जेन्डर जेभिरेभको सामना गर्नेछन् । जर्मनीनका एलेक्जेन्डरले सेमिफाइनलमा स्थान पक्का गर्ने क्रममा मंगलबार कार्लोस अल्काराजलाई हराएका थिए ।
नाडालसँगको हारपछि जोकोभिचको २१औँ ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यले समेत पूर्णता पाएन । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् ।
नाडालले गत वर्ष फ्रेन्च ओपनको सेमिफाइनलमा जोकोभिचसँग हारको बदलासमेत लिएका छन् । नाडालले फ्रेन्च ओपनमा अफ्नो दबाब कायम राख्ने क्रममा कुल एक सय १३ खेलमा एक सय १० खेल जितेका छन् ।
प्रतिक्रिया