श्रीमतीको पुस्तक पढ्न किन चाँहदैनन् आयुष्मान ?

काठमाडौँ । आफ्नो नयाँ फिल्म ‘अनेक’लाई लिएर मूलधारको हिस्सा हुने अभिनेता आयुष्मान खुरानाले हालै मात्र पत्नी ताहिराका बारेमा एक खुलासा गरेका छन् ।

उनले पत्नीले लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गर्दै पुस्तक नपढेको जनाएका छन् । पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेकी छन् ।

आयुष्मानले आफूले पुस्तक नपढेको र त्यहाँ रहेका केही विवरणमा आफू अनविज्ञ रहेको दाबी गरेका छन् । ‘किनकी म निजी व्यक्ति हुँ । यसतो कुरालाई आफूमा मात्र राख्न चाहन्छु,’ उनले भनेका छन् ।

एक पाठकका लागि पुस्तक मनोरञ्जकका रुपमा आए पनि व्यक्तिगत रुपमा कोहीप्रति लक्षित रहेर कुरा गर्न अथवा उसले लेखेको पुस्तकको भित्री गहिराइसम्म पुगेर पढ्ने बानी नरहेको आयुष्मानले बताएका छन् ।

आयुष्मान र ताहिरा बाल्यकालदेखि नै साथी हुन्, किनकी उनीहरुले एउटै स्कुलमा पढेका थिए । उनीहरुले सन् २००८ मा विवाह गरे । अहिले उनीहरुको दुई सन्तान छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board