लघु उद्यमीलाई आयकर छुटको घोषणा

काठमाडौं, १७ जेठ । सरकारले आगामी बर्षकाे बजेटमा लघु उद्यमीलाई लक्षित गर्दै आयकर छुटको घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को नयाँ बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले एक करोडसम्म कारोबार गर्ने लघु उद्योगलाई ५० प्रतिशत कर छुटको घोषणा गरेका हुन् । उक्त घोषणाले हाल सञ्चालनमा रहेका झण्डै पाँच लाख उद्योग प्रतिष्ठान मध्ये एक तिहाइ उद्योगहरु लाभान्वित हुनेछन् ।

मंसिर २०७८ मा प्रकाशित अध्यावधिक विवरणअनुसार देशभर साना, घरेलु र मझौला गरेर ४ लाख ७८ हजार १८७ वटा छन् । जसले लघुतर्फका सवा लाख हारहार भर्खरै पाइला चाल्दै गरेका साना उद्योगलाई टिकाएर अघि बढाउन उनीहरुलाई यस्तो सहुलियतको व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । उनले भने, ‘हामी स्वदेशी साना उद्योगलाई प्राथमिकतामा राख्न चाहन्छौं, उनीहरुलाई टिकाउ र दरिलो बनाउने सरकारी ध्येय छ ।’ विभागकाअनुसार देशभरका कुल लघु, साना र घरेलु मध्ये सबै भन्दा धेरै एक लाख ७८ हजार उद्योगहरु सेवा क्षेत्रमा छन् ।

सरकारले वर्गीकरण गरे अनुसार घर जग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेको उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको र बढीमा ९ जनासम्म कामदार रहेको उद्योगले यस्तो सुविधा पाउने बताएकाे छ । वार्षिक कारोबार एक करोड रुपैयाँभन्दा कम रहेको, इन्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा इन्जिन, उपकरण वा मेसिनमा खपत हुने विद्युतीय ऊर्जा, इन्धन वा अन्य तेल इन्जिनको क्षमता २० किलोवाट वा सोभन्दा कम रहेको उद्योगले यस्तो सुविधा पाउने छन् । ती उद्योगहरु परम्परागत सीप र प्रविधिमा आधारित, श्रममुलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित पनि हुन सक्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति