त्रियुगाकाे मेयरमा काँग्रेसको जित, एमालेको पहिलाे हार

उदयपुर, १६ जेठ । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका हुन्।

बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन्​ । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाए । यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे ।

२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो । २०७४ को निर्वाचनमा पनि उमेदवार बलदेव चौधरीसँग बस्नेत ७२ मतान्तरले पराजित भएका थिए । ०७४ मा उपमेयर जितेको काँग्रेसले यसपटक भने गुमाएको छ । उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएकी छिन् । उनले काँग्रेसकी सरिता राई १ हजार ७ सय २२ मतान्तरले पराजित गरेकी हुन् ।

महेश्वरीले १३ हजार ७ सय ३ मत पाउँदा सरिता राईले ११ हजार ९ सय ८१ मत मात्र ल्याइन् । यस्तै माओवादी केन्द्रकी गीता खड्काले खड्काले ६ हजार ५ सय ६८ मत ल्याइन् । काँग्रेस र एमालेले एक्लै प्रतिस्पर्धामा थिए माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो । जसमा काँग्रेसले मेयरमा र एमालेले उपमेयरमा बाजी मारेको हो ।

त्रियुगामा काँग्रेसले ९, एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादी भने त्रियुगामा निल भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति