सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने 

काठमाडौं, १५ जेठ । सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् । 

अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ छ । 

सरकारले जनकपुर चुरोड कारखाना लगायत अन्य उद्योग पनि पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति