प्राविधिक तथा व्यवसायीक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यवसायीक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका छन् ।

संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री शर्माले प्राविधिक तथा व्यवसायी शिक्षा तालिम परिषद्को पुनर्संरचना गरिने बताए । 

पुनर्संरचना गर्दै छुट्टा छुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तामिल कार्यक्रम कार्यान्वयन निकायको रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए । 

प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार, समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्साङ्कन तथा समायोजन गरी पहुँच विस्तार गरिने मन्त्री शर्माले बताए । प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण गरिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति