वन तथा वातावरण मन्त्रालयलाई १३ अर्ब बजेट

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रूपैयाँ बजेट विनियोजित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत वन तथा वातावरण मन्त्रालयको १३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको बताए । 

चुरे क्षेत्र संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्ब १७ करोड रूपैयाँ बजेट विनियोजन गरेको मन्त्री शर्माले बताए । तराई मधेशका नदीहरूमा तटबन्ध गरी नदी उकास जमिनमा बायोइन्जिनियरिङ लगायतका माध्यमबाट हरियाली करिडोर निर्माण गरिने मन्त्री शर्माले बताए । 

महाभारत क्षेत्रमा खानी विभागले पहिचान गरेका सम्भाव्य स्थानमा वातावरणीय मूल्यांकनका आधारमा मार्वल, ग्रेनाइट तथा बहुमूल्य धातु फलाम, चुनढुंगाको उत्खनन तथा प्रशोधन गरी निर्यात गरिने मन्त्री शर्माले बताए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति