काठमाडौँ, १५ जेष्ठ । सरकारले आधारभूत कृषि उत्पादन धान‚ मकै‚ गहुँ‚ तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने र आगामी वर्ष निर्यात दोब्बरले वृद्धि गर्ने भएको छ ।
सरकारले धान, गहुँ, मकै र तरकारीको आयात ३० प्रतिशतले घटाउने बताएका छन्। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मूख्य रूपमा आयात हुने धान, गहुँ, मकै र तरकारीको आयात ३० प्रतिशतले घटाउने बताएका छन्।
उनले वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने योजना अघि बढाउने समेत बताए ।
प्रतिक्रिया