बागमतीमा सरकार परिवर्तनको तयारीमा कांग्रेस

काठमाडौं, १३ जेठ । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने छन् । 

प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आध कार्यकाल नेकपा (एकीकृत समाजवादी)ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने सहमति भएको र सहमतिअनुसारको आधा कार्यकाल एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले सरकारको नेतृत्व गरिसकेको बताए । 

उनले अब कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने बताए । 

‘आधा कार्यकाल सकियो । अब त पालो कांग्रेसको हो’, प्रवक्ता तामाङले भने  ।

४ कात्तिकमा बसेको कांग्रेसँगै नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को बैठकमा प्रदेशसभा कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति