भलबारी डिपोमा भण्डारणको मुखैमा लागेको आगो नियन्त्रण

काठमाडौं, १३ जेठ । नेपाल आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । डिपोको पेट्रोल भण्डारणको मुखैमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको डिपो प्रमुख नवविनोद पोखरेलले बताए ।

‘बिहान ११ बजेर ५५ मिनेटमा लागेको नियन्त्रणमा आएको छ । कुनै मानवीय क्षति भएको छैन’ पोखरेलले भने, ‘दुई वटा पेट्रोल ट्यांकरमा लागेको आगो निभेको छ । हाललाई डिपो बन्द गरेर थप सुरक्षा चेक जाँच भइरहेको छ ।’

बिहान डिपोमा पेट्रोल खन्याउन आएका ५ वटा मध्ये पहिलो लाइनमा रहेका २ वटा ट्यांकरमा आगो लागेको उनले बताए ।

‘पेट्रोल खन्याउने क्रममा एक्कासी आगो लाग्न थाल्यो, पहिलो ट्यांकर जल्न पुग्यो । टायर पड्केका कारण दोस्रो ट्यांकरलाई हटाउन सकेनौं,’ पोखरेलले भने, ‘डिपो भित्रै लागेको आगोबाट ठूलो दुर्घटना टर्‍यो । अहिले डिपो सुरक्षित छ ।’

अहिले डिपो पूर्ण रुपमा आगोबाट सुरक्षित पारिएको र थप अनुसन्धान भइरहेको उनले बताए । डिपोमा ३० लाख लिटर डिजेल र ५ लाख लिटर पेट्रोल भण्डारण हुन्छ । आगो थप फैलिएको भए अकल्पनीय दुर्घटना हुने भन्दै डिपोले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति