बालेन जसरी आउनु भयो, मैले त्यसलाई सकारात्मक ठान्छु : अध्यक्ष प्रचण्ड

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचि मेयर बालेन्द्र साहलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन्।

उनले भनेका छन्, काठमाडौंमा बालेन जसरी आउनु भयो, मैले त्यसलाई सकारात्मक ठान्छु। बालेन जसरी अगाडि आउनु भयो त्यो चाहिँ पार्टीहरुका लागि पनि सकारात्मक नै कुरा हो भन्ने ठान्छु फेरी। सबै पार्टीहरुका लागि पनि एउटा सन्देश दिनु भएको छ उहाँले, त्यस अर्थमा उहाँलाई म बधाई भन्न चाहन्छु।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका बालेन्द्र शाह विजयी भएका छन्। बालेन्द्रले ६१ हजा र ७६७ मत प्राप्त गर्दै विजयी प्राप्त गरेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति