निजगढ विमानस्थलको निर्माण रोक्न सर्वोच्चले गरेको फैसला राष्ट्रिय हितविरुद्ध : शंकर पोखरेल

काठमाडौं, १३ जेठ ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ विमानस्थल बनाउन नपाउनेगरी सर्वोच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको बताएका छन्।

सर्वोच्च अदालतले बिहीबार निजगढ विमानस्थल निर्माणको काम रोक्नका लागि आदेश दिएको थियो। त्यसबारे टिप्पणी गर्दै भनेका छन्, ‘राजधानी काठमाण्डौको भविष्यको आवश्यकतालाई दृष्टिगत गरी निजगढमा फास्ट ट्र्याकसहित बनाउन लागिएको अन्तरराष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला न्यायिक दृष्टिले त्रुटिपूर्ण र राष्ट्रिय हितविरुद्धमा छ।’

पोखरेलले कार्यकारीको भूमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा रोक लगाउनलाई ‘बुझिनसक्नुको न्यायिक सक्रियता’ को रुपमा अर्थ लगाएका छन्।

‘वातावरणमा पर्ने असरको प्रतिस्थापन गर्ने कानुनी व्यवस्थाको पालनामा ध्यान दिनुको साटो कार्यकारीको भूमिकामा नै हस्तक्षेप गरी निर्माण कार्यमा नै रोक लगाउनु बुझिनसक्नुको न्यायिक सकृयता हो,’ पोखरेलले अघि भनेका छन्, ‘यसप्रकारको फैसलाले न्यायिक प्रणालीप्रतिको आस्था र विश्वासलाई कमजोर बनाउँछ।’

सर्वोच्चको यो फैसलाले राष्ट्रिय सामर्थ्यको निर्माणको संकल्पमा समेत बाधा पुर्याउने उनले टिप्पणी गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति