जितपुरसिमराका मेयर पौडेल कर्मचारीसहित काठमाडौँ गएपछि काम प्रभावित

बारा । जितपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौँ लागेपछि कार्यालयको काम प्रभावित बनेको छ ।

मेयर पौडेलले काठमाडौँमा नेकपा (माओवादी केन्द्र)का नेता र मन्त्रीहरुलाई भेट्न भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौँ गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले नवनिर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको नमुना पठाउँन भनेर नगरपालिका कार्यालय पुगेका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारी कार्यालयमा कर्मचारीहरू नभेटेपछि निराश हुँदै फर्कन बाध्य भएका छन् ।

हस्ताक्षरको नमुना नगरपालिकामार्फत् सिडियो कार्यालयमा पठाएपछि मात्रै नवनिर्वाचित वडा अध्यक्षहरूले कार्यालयको कागजपत्रमा हस्ताक्षर गर्न पाउने भएकाले वडा सचिवसहित नगरपालिका गएको तर कर्मचारी नभेटेपछि हस्ताक्षर प्रमाणिकरणको काम गर्न नपाएर जनताको सिफारिसमा असहज भएको उनले बताए ।

जनताको कामलाई बेवास्ता गर्दै मेयर पौडेल आफ्नो पार्टीका नेता भेट्न कर्मचारी नै लिएर गएपछि वडा अध्यक्षहरूले मेयरले जनताको कामलाईभन्दा पार्टी व्यक्तिगत कामलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति