काठमाडौं महानगर मतगणना अन्तिम चरणमा, समाजवादीले खाता खोल्यो

काठमाडाै, १२ जेठ । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका अनुसार वडा नम्बर १४ को बाँकी अन्तिम तीनवटा मतपेटिकाको मतगणना सुरु गरिएको छ।

मतगणना सम्पन्न भएका ३१ वटा वडाको मतपरिणामअनुसार १७ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवार अध्यक्ष निर्वाचित भएका छन्।

त्यस्तै नेकपा (एमाले) ले १३ वटा तथा एकीकृत समाजवादीले एउटा वडामा जित निकालेको छ। वडा नम्बर वडा १, २, ३, ४, ५, १३, १६, १८, २१, २२, २३, ३१ र ३२ नम्बर वडामा एमाले विजयी हुँदा वडा नम्बर १५ मा नेकपा (एकीकृत समाजवादी) ले जित हासिल गरेको छ। माओवादी केन्द्रका उम्मेदवार भने काठमाडौं महानगरका कुनै पनि वडाको अध्यक्षमा विजयी भएका छैनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति