दोस्रोपटक पदभार ग्रहण गरेपछि रेनुको निर्णय: खानेपानी निःशुल्क छोरीलाई निःशुल्क बीमा

काठमाडौं, ११ जेठ । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहलले भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क उपलब्ध गर्ने निर्णय गरेकी हुन्।

बुधबार बिहान पदभार ग्रहण गर्दै दाहालले सो निर्णय गरेकी हुन्। साथै, उनले भरतपुर महानगरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय पनि गरेकी छिन्।

यो बीमा सरकारी अस्पतालमा जन्मिएका छोरीहरुका लागि मात्र लागू हुनेछ।पदभार ग्रहण गर्दै छोरीलाई गरिने बीमा एक लाखको हुने र अवधि १५ वर्ष हुने उनले बताइन्।साथै, उनले महानगरपालिकाभित्र पर्ने चौकी डाँडादेखि गोलाघाटसम्म २ वर्षभित्र खानेपानी पुर्‍याउने निर्णय गरेकी छिन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति