काठमाडौं, ११ जेठ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतको अग्रता बनाएका छन् । १ लाख ६६ हजार ३१३ मत परिणाम भइसक्दा साहले प्राप्त गरेको मत ५४ हजार २१३ पुगेको छ ।कांग्रेस उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याइ रहेकिछन् ।
एमालेका उम्मेदवार केशव स्थापित मेयरको दौडमा तेस्रो स्थानमा रहेका छन् । सिर्जना सिंहले ३४ हजार १८० मत प्राप्त गरेकी छिन् । सिंह साहभन्दा २० हजार ३३ मतले पछाडि छन् । यस्तै एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत पाएका छन् ।यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो अग्रता कायमै राखेकि छिन् । डंगोलले ६० हजार ६ सय ७५ मत प्राप्त गरेकि छिन् । यो एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ३९ हजार ९ सय ८९ मतले धेरै हो । श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाएका छन् ।
प्रतिक्रिया