बारामा गुडिरहेको कारमा आगलागी

बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२–०२–००१ च०१६५ नम्बरको कारमा आगलागी भएको हो ।

आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्नशन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन ।

लालबन्दीबाट हेटौँडा जाँदै गरेको कारमा आज बिहान साढे ५ बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६ बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति