एमालेले स्थानीय चुनाव ०७४ मा माओवादीभन्दा दुई गुनाबढी, अहिले दोव्वर पनि पुगेन

काठमाडौं ९ जेठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा २ सय पालिका प्रमुख जितेको छ। बैशाख ३० गते नेपालको एक मात्र मिडिया हाउस एबीसी टेलिभिजन र नेपालपेजले सार्वजनिक गरेको एक्जिटपोल ९९ प्रतिशत मिल्न पुगेको छ।
अघिल्लोपटक ०७४ को चुनावमा एमालेले माओवादी केन्द्रले भन्दमा दुई गना बढी सिट जित्नस सफल भएको थियो । त्यो चुनावमा माओवादी केन्द्रले १०६ स्थान जित्दा एमालेले २९६ जितेको थियो ।
यसपटक एमालेले अग्रता बनाएका स्थानमा जित्दा पनि २१० स्थान नकट्ने भएको छ । माओवादी केन्द्रले यस पटक कम्तीमा १२१ स्थान जित्न सपल देखिएको छ ।

एमालेले २०७४ मा देशका मुख्य शहर मानिने काठमाडौं र पोखरा सगरी दुई महानगरपालिका ७ उपमहानगरपालिका सहित १२३ नगरपालिकाको प्रमुख, १७१ गाउँपालिकाको अध्यक्षसहित २ सय ९४ तहको प्रमुख जितेको थियो।

पाँच वर्षअघि १९४ गाउँपालिकाको उपाध्यक्ष समेत गरेर एमालेले ३३१ ठाउँमा उपप्रमुख(उपाध्यक्ष जितेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति