झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राई विजयी

काठमाडौं, ९ जेठ । झापाको कमल गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार हुकुमसिंह राई विजयी भएका छन् । उनी १२,८६८ मत ल्याई विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार भीमप्रसाद राईलाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित भीमप्रसाद राईले ९,६५३ मत पाए ।

यस्तै उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने १०,८४५ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पर्शुराम सुवेदीले ८,३७१ मत प्राप्त गरे ।

अध्यक्षमा पदमा निर्वाचित राई २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकी मेनुका काफ्लेसँग बराबरी मत ल्याएपछि गोला प्रथामा पराजित भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति