हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशीलले जित्यो रूपन्देही मर्चवारीको अध्यक्ष र उपाध्यक्ष

काठमाडौं, ९ जेठ । जनता प्रगतिशील पार्टीले रूपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ।अध्यक्षमा गयाप्रसाद बरई निर्वाचित भएका हुन्। उनले ४३८५ मत ल्याएका छन्।यहाँ नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्र पराजित भए। उनले ३२४५ मत ल्याएका छन्।

उपाध्यक्ष पनि जनता प्रगतिशीलले जितेको हो। उपाध्यक्षमा आशा सिंह निर्वाचित भइन्। उनले २९६५ मत ल्याएकी छन्।यहाँ उपाध्यक्षमा कांग्रेसका सुमन यादव पराजित भइन्। उनले २४०९ मत ल्याएकी थिइन्। जनता प्रगतिशील हृदयेश त्रिपाठीले हालै खोलेको पार्टी हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति