महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी विजयी भएका हुन् ।
बोगटी १५ हजार ८८२ मतसहित मेयरमा विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका महेश पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा १२ हजार २१६ मतसहित जोशी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरे ।
भीमदत्त कन्चनपुर जिल्लाको सदरमुकाम पनि हो ।
प्रतिक्रिया