पाण्डेबाट पीडित थप अरू युवतीहरु पनि प्रहरीको सम्पर्कमा

काठमाडौं, ८ जेठ । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एकजना पीडित पुगेकी हुन् । अन्य दुईजनाले पनि पाण्डेबाट दुर्व्यवहारको प्रयास भएको भन्दै प्रहरीसँग सम्पर्क गरेका छन् । स्रोत भन्छ, ‘उहाँहरु कार्यालयमा आइसक्नु भएको छैन, यद्यपि अनुसन्धानका लागि बोलाएका छौं ।’

प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति