नेकपा एसका उपमेयर उम्मेदवारका छोराले कुटे एमाले नेता, इटहरीमा तनाव

इटहरी । उपमेयरमा पराजित भएका नेकपा एसका उपमेयर उम्मेदवारका छोराले इटहरीमा एमाले नेता कुटेका छन् ।

नेकपा एमालेका प्रदेश १ सदस्य हिमाल सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले कुटपिट गरेका हुन् ।

आइतबार बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरीस्थित संगीत चोक नजिकै हातपात गरेका हुन् ।

सुवेदीको आँखामा चोट लागेको छ। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए ।

हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति