एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० ओटाको प्रमुख तथा अध्यक्षमा एमालेले जित निकालेको हो ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब ५० पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

नेपाली कांग्रेसपछि एमालेले पालिकाको सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद जितेको छ । कांग्रेसले हालसम्म ३११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ, जुन एमालेकोभन्दा १२१ ले बढी हो ।

आयोगका अनुसार हाल मतगणना भइरहेकामध्ये १६ ओटा पालिकाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति