एमालेको भन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित

काठमाडौँ । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा (एमाले)को भन्दा १२१ बढी पालिकमा जित निकालेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् ।

नेपकाल एमालेले हालसम्म १९० ओटा पाकिलाको प्रमुख तथा अध्यक्ष पद जितेको छ ।

मतगणना भइरहेका पालिकामध्ये १५ ओटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ ओटा पालिकामा निर्वाचन गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति