हावाहुरी र चट्याङबाट पाँच जनाको मृत्यु, ११ घाइते

काठमाडौँ । पछिल्लो २४ घन्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एक–एक जनाको मृत्यु भएको हो ।

यस्तै हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्युठानमा एकजना घाइते भएका छन् ।

पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ ।

भौतिक क्षतिको भने विवरण आइसकेको छैन । कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति