व्यास नगरपालिकामा पछि पर्न थाले स्वतन्त्र उम्मेदवार जोशी


काठमाडौं, ७ जेठ । तनहुँको व्यास नगरपालिकामा कांग्रेसले अग्रता लिन थालेको छ ।स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले शुरुवातदेखि नै लिएको अग्रतालाई कांग्रेस उम्मेदवारले पछि पार्न थालेका छन् ।

शनिबार दिउसो ३ बजेसम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार १२ मतले अगाडि छन । कांग्रेसका उम्मेदवार बैकुण्ठनाथ न्यौपानेले ७ हजार ४ सय ६५ मत पाएका छन् ।न्यौपानेसँगको प्रतिस्पर्धामा खरो देखिएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले उनलाई पछ्याएका छन् । जोशीले ७ हजार ४ सय ५३ मत पाएका छन् । उपमेयरका भने कांग्रेसकी इन्दिरा दरै अगाडि छिन् । उनीसँग एमालेकी बसुन्धरा घर्तीले प्रतिस्पर्धा गरिरहेकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति