काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपा र उपप्रमुखमा
दमकको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले पराजित गरे ।
थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाए ।
त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भइन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएका छन् ।
प्रतिक्रिया