इन्डो–प्यासिफिकलाई लक्षित गरेर एसिया भ्रमणमा आउँदै बाइडेन

काठमाडौं, ६ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन यसै साता एसिया भ्रमणमा आउने भएका छन्। दक्षिण कोरिया र जापानसँगको महत्त्वपूर्ण सुरक्षा गठबन्धनको पुनः पुष्टि गर्न र दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा भाग लिन उनले एशियाको भ्रमण गर्न लागेका हुन्।

राष्ट्रपति बाइडेनको भ्रमण अघि पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय सुरक्षा सल्लाहकार ९एनएसए० जेक सुलिभानले राष्ट्रपतिको रूपमा इन्डो९प्यासिफिक क्षेत्रमा बाइडेनको यो पहिलो भ्रमण भएको बताएका छन्।

‘बाइडेनले युक्रेनको रक्षा र रुसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालत गरेका छन्। ती मिसनमा हाम्रा प्रयास सफल छन् भनी सुनिश्चित गर्न उहाँ केन्द्रित हुनुहुन्छ’, सुलिभानले थपे।
दक्षिण कोरियामा बाइडेनले नवनिर्वाचित कोरियाली राष्ट्रपति युन सुक(योलसँग भेट गर्नेछन्।

उनले कोरियामा प्रविधि र निर्माण क्षेत्रका नेताहरूसँग भेटघाट गर्नेछन् र उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमबाट उत्पन्न चुनौतीबारे परामर्श गर्नेछन्।

जापानमा अमेरिकी राष्ट्रपतिले प्रधानमन्त्री फुमियो किशिदा र उनका टोलीसँग भेट गर्नेछन्। ‘हामीलाई के लाग्छ भने अमेरिका–जापान गठबन्धन अहिलेको समयमा निकै राम्रो चलिरहेको छ। यो भ्रमणले यो सम्बन्धलाई अझ माथि लैजान सक्छ’, सुलिभानले भने।

दुई नेताले हाम्रा दुई देशबीचको फराकिलो र गहिरो आर्थिक सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी सुरक्षाका विषयमा छलफल गर्नेछन्। ‘हामी उत्तर कोरियाका साथै इन्डो–प्यासिफिक र विश्वभरि व्यापक रूपमा अन्य सुरक्षा मुद्दाहरू पनि सम्बोधन गर्नेछौं’, सुलिभानले भने।

जापानमा बाइडेनले गत सेप्टेम्बरमा वाशिङ्गटनमा आयोजना गरेको शिखर सम्मेलनपछि दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा पनि भाग लिनेछन्।

टोकियोमा रहँदा अमेरिकी राष्ट्रपतिले यस क्षेत्रका लागि नयाँ आर्थिक पहल, इन्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क पनि शुरु गर्ने बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति