काठमाडौं, ६ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी निर्वाचित भएका छन् ।माओवादी केन्द्रको वर्चस्व रहने रुकुम पश्चिममा यसपटक भने कांग्रेस–एमाले मिलेर माओवादीबाट मुसिकोटको नेतृत्व खोसेका हुन् ।कांग्रेसका केसीले एमालेको साथमा माओवादीका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका छन् । उनले ६९१४ मत ल्याए भने माओवादीका शर्माले ६९०१ मत पाएका छन् ।
यस्तै, उपमेयरमा भने माओवादीको सहयोगमा एकीकृत समाजवादीका विमलकुमार पुनमगर विजयी भएका छन् । उनले ६१४० मत ल्याएर विजयी हुँदा एमालेका थलबहादुर ओलीले ५९८५ मत ल्याए ।यो नगरपालिकामा ८ वडाध्यक्ष माओवादीले जितेको छ भने ६ वटा नेपाली कांग्रेसले जितेको छ ।
प्रतिक्रिया