मतगणनापछि भेटिएको मतपेटिकाको मतगणना : दुवै उम्मेदवारको बराबरी मत

महोत्तरी, ५ जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई जना प्रत्यासीको मत बराबरी आएको छ ।

यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहले विजयी घोषणा गरिएको थियो । समसेरले विजयीको उत्सव समेत मनाएका थिए । तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गरिएको थियो ।

मतगणनाको क्रममा समसेर सिंह र नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरले समान ७६७ मत प्राप्त गरेका छन् । यसअघि वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति