कांग्रेसले पाँच दलीय हाेइन माओवादी केन्द्रसँग मात्रै गठबन्धन गरेः मेटमणि चौधरी

काठमाडाै, ५ जेठ । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुगेका सांसद चौधरीले गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका हुन् । उनले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताए । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उनले आरोप लगाए । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उनले बताए ।

उनले भने – ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलिय गठबन्धनमा इमान्दारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपथ्र्यो त्यो देखाउन सकेन । माओवादी पार्टीले आफु एउटा बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय गर्‍यो । कांग्रेसले पनि त्यो खालको व्यवहार गर्‍यो । त्यसैले हामिले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’

उनले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताए । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरु सँग अगाडी जान नसकिने उनले बताएका छन् । उनले भने – ‘कांग्रेस र माओवादीले आफुलाई करेक्शन गर्ने ठाउँमा पुगे भने ठिकै छ फेरी पनि अगाडी जान सकिन्छ । नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने, जे भनिन्छ त्यो नगर्ने भएपछि त्यस्ता राजनीतिक दलसँग कसरी अगाडी जान सकिन्छ ?’

उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बिचमा मात्रै गठबन्धन भएको जिकिर गरे । पाँच दलिय गठबन्धनलाई सफल भएको मान्न नसकिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति