बुटवल । स्थानीय तहको निर्वाचनमा लापर्वाहीको हद भएको पाइएको छ । कतै निर्वाचित भएको घोषणा गरिएको भोलिपल्ट सिलबन्दी मतपेटिका भेटिएको छ भने कतै मत नगन्दै सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को एउटा मतपेटिका सिल तोडिएको अवस्थामा फेला परेको छ । गणना नै नभएको मतपेटिकाको सिल तोडिएको अवस्थामा फेला परेपछि विवाद भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस केन्द्र (च) २ नं. मत पेटिकाको एउटा सिल खोलिएको अवस्थामा भेटिएको हो । मतपेटिकासँगै स्वस्तिक छाप पनि भेटिएपछि मतगणना अहिले त्यहाँ मतगणना स्थगित भएको छ ।
वडा नम्बर ११ नगरपालिका सबैभन्दा धेरै मतदाता भएको ठाउँ हो । विवादपछि सर्वदलीय बैठक राख्ने तयारी भएको छ।
बुटवलको मेयरमा कांग्रेसले अग्रता लिइरहेको छ भने उपमेयरमा एमाले अगाडि छ ।
प्रतिक्रिया