काठमाडाै, ५ जेठ । चितवन खैरहनी न.पा. वडा नं. ८ पर्साबजार चौबिसकोठीमा लागु औषध ओसारपसार एवं विक्रि वितरण भई रहेको भन्ने सुचनाको आधारमा निगरानी गर्दा लागु औषध सहित दुई पक्राउ परेका छन् ।

२०७९ जेठ ४ गते बेलुका ८ः३० बजेको समयमा पैदल हिडी रहेका कृष्ण गुरुङ र बिष्णुदेव अधिकारीलाई नियन्त्रणमा लिई तलासी लिदाँ लागु औषध फेला परेकाे बताए ।
कृष्ण गुरुङले लगाएको पेन्टी कट्टु भित्र, पाईन्टको भित्री भागमा र मोजा समेतमा लुकाई राखेको अवस्थामा २४० (दुई सय चालीस) ट्यावलेट लागु औषध नाईट्राजेपाम फेला परेको हो । त्यसै गरी बिष्णु देव अधिकारीले बोकेको कालो रंगको झोलामा २७३० (सत्ताईस सय तीस) ट्यावलेट लागु औषध नाईट्राजेपाम र ११०४ ९एघार सय चार० क्याप्सुल औषधीजन्य ट्रमाडोल फेला परेकोले छ ।
निजहरु माथि आज लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढेको बताएका छन्
प्रतिक्रिया